निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज

निजामती कर्मचारीहरूको ट्रेड युनियन र राष्ट्रियस्तरका स्वास्थ्य सेवाका कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी २०७३ सालको अध्यादेश नं. ०७ 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश'को आधारमा विभागको निर्णयाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको सूचना प्रकाशित गरिएको हो ।

वैशाख २३, २०८३

होम कार्की

12 trade unions in civil service and health services dissolved

What you should know

काठमाडौँ — श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा र नेपाल स्वास्थ्य सेवाका १२ ट्रेड युनियन बुधबार खारेज गरेको छ । ती ट्रेड युनियन निजामती सेवा ऐन, २०४९ (तेस्रो संशोधन, २०७४) र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भएको थियो  ।

निजामती कर्मचारीहरूको ट्रेड युनियन र राष्ट्रियस्तरका स्वास्थ्य सेवाका कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी २०७३ सालको अध्यादेश नं. ०७ 'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश'को आधारमा विभागको निर्णयाधिकारीको २३ गतेको निर्णयबाट खारेज भएको सूचना प्रकाशित गरिएको हो ।

सूचनामा उल्लेख भएअनुसार, खारेज भएको निजामती सेवा ऐन, २०४९ (तेस्रो संशोधन, २०७४) को दफा ५३ को उपदफा (२) बमोजिम दर्ता भएका राष्ट्रियस्तरका निजामती कर्मचारीहरूको ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २१९), नेपाल मधेसी निजामती कर्मचारी मञ्च (दर्ता नं. २३१), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नं. २७२), मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नं. ४२३) तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल (दर्ता नं. ५७०) रहेका छन् ।

यसैगरी, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को चौथो संशोधन २०७० को दफा १२ क (१) बमोजिम दर्ता भएका राष्ट्रियस्तरका ट्रेड युनियनहरूमा नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४) तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ४५२) पनि खारेजीमा परेको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully