व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोहना सिंहको इजलासले म्याद थप नहुने आदेश गरेको हो ।

वैशाख २२, २०८३

दुर्गा दुलाल

Court refuses to grant permission to detain businessman Shekhar Golchha

काठमाडौं — व्यवसायी शेखर गोल्छालाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ । न्यायाधीश मोहना सिंहको इजलासले म्याद थप नहुने आदेश गरेको हो ।

सोमबार सर्वोच्च अदालतले धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका थिए । लगत्तै प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो ।

'प्रतिवादी गोल्छालाई हिरासत मै राखी मुद्दाको अनुसन्धान गर्नु पर्नेसम्मको अवस्था देखिएन । फौजदारी  कार्यविधि संहिता २०७४ दफा १४ (३) बमोजिम हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन,' अदालतको आदेशमा भनिएको छ । यो आदेशसँगै उनी अब धरौटी वा जमानतमा रिहा हुनेछन्। 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully