नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले शनिबार विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी दुई अध्यादेश र सार्वजनिक पदाधिकारीहरुको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश गरेका थिए ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने फिर्ता पठाइएको छ ।
