भीमफेदी-८ भर्याङडाँडा र ललितपुरको पाङदुरेमा आइतबार बिहान पहिरो गएको थियो ।
हेटौंडा — मकवानपुर र ललितपुरको दुई स्थानमा गएको पहिरो पन्छाएपश्चात् कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्याङडाँडा र ललितपुरको बागमती गाउँपालिका-४ पाङदुरेमा आइतबार बिहान गएको पहिरो हटाएपछि लोकपथ सञ्चालनमा आएको हो ।
मकवानपुरतर्फको पहिरो बिहान १० बजे हटाइएको थियो भने ललितपुरतर्फ पौने १२ बजे हटाएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।
पानी परेकाले दुई बिहान ५ बजे पहिरो गएको थियो । दुवै स्थानको पहिरो स्थानीय, प्रहरी र सडक विभागले उपकरणको प्रयोग गरेर पहिरो हटाइएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहले बताए ।
