संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको निर्णय

१४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका केही अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गरेको थियो ।

वैशाख २०, २०८३

कुलचन्द्र न्यौपाने

President's decision to send back the ordinance related to the Constitutional Council

काठमाडौँ — राष्ट्रपति कार्यालयले सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार राष्ट्रपतिले अध्यादेश अध्ययन गरेपछि सरकारलाई पुनर्विचारका लागि फिर्ता पठाउने निर्णय गरेको हो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएको थियो । 

१४ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले  संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका केही अध्यादेश राष्ट्रपति कार्यालयका लागि सिफारिस गरेको थियो ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully