दिउँसोसम्म बल्खु र वंशीघाटस्थित सुकुमवासी बस्तीका ५० परिवारले नाम टिपाएका छन् ।
काठमाडौँ — सुकुमवासी बस्तीबाट आज विस्थापन भएकाहरूलाई सरकारले ५ ठाउँमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाएको छ ।
टेवा (धापाखेल), विद्युत् तालिम केन्द्र (खरिपाटी), कृषि विकास बैंक तालिम केन्द्र (बोडे), खानेपानी तालिम केन्द्र (नगरकोट), तरकारी बजार व्यवस्थापन केन्द्र (चोभार) र रेडक्रस (बनेपा) मा उनीहरुलाई राखिने भएको हो ।
शुक्रबार बिहानदेनि शंखमूल, बल्खु, वंशीघाट, बालाजु लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाइएको छ ।
दिउँसोसम्म बल्खु र वंशीघाटस्थित सुकुमवासी बस्तीका ५० परिवारले नाम टिपाएका छन् । दशरथ रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलन गरिरहेको छ ।
विवरण संकलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने सरकारको तयारी छ ।
