जलजला जिप दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

मृत्यु हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाका बासिन्दा रहेका छन्

वैशाख १८, २०८३

महेश केसी

Jaljala jeep accident: Identity of all deceased revealed

रुकुम पश्चिम — रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा हिजो भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना उपचारपछि  घर फर्किएका छन् । 

यात्रुहरू सबै रुकुम पूर्वबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र  ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।Jaljala jeep accident: Identity of all deceased revealed

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्। 

साथै दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने-५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह एवम् रुकुम पूर्वकै भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत रहेका छन् । 

घटनास्थल अप्ठेरो पहरामा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ । 

जलजलातर्फ गएका रुकुमकोटका अन्य यात्रुसँग रुकुम पूर्व प्रहरीले गरेको सूचना संकलन र घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँगको सूचनालाई भेरिफाई गरेर मृतकको पहिचान गरिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । जिपमा रहेका एक जना यात्रु भने छतबाट हाम फालेर ज्यान बचाएको बताउँछन् । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully