२४ घण्टामा दुई हजार ९३ सवारी चालक कारबाहीमा

यसबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

वैशाख १८, २०८३

रासस

2,093 drivers taken into action in 24 hours

काठमाडौँ — बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक सवारी नियम उल्लघंनमा कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २२५, ट्राफिक संकेत उल्लघंन १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५३ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १९४, निषेधित क्षेत्रमा हर्न बजाउने ५८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०९, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लघंनर्ता ४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२१ जनालाई कारबाही गरिएको हो ।

रासस

Link copied successfully