भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वअर्थमन्त्री महतको स्वास्थ्य अवस्था बुझ्न आदेश 

विशेषमा महतले आफू स्वास्थ्य समस्यामा रहेको भनी निवेदन दिएपछि उनको मेडिकल परीक्षण रिपोर्ट बुझ्ने आदेश गरेको हो ।

वैशाख १७, २०८३

दुर्गा दुलाल

Order to inquire about the health condition of former Finance Minister Mahat, who is involved in a corruption case

काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा मुछिएका पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतको निवेदनमा स्वास्थ्य अवस्था बुझ्न आदेश गरेको छ । विशेषमा महतले आफू स्वास्थ्य समस्यामा रहेको भनी निवेदन दिएपछि उनको मेडिकल परीक्षण रिपोर्ट बुझ्ने आदेश गरेको हो । न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।  

महतको हकमा पत्नी रोशनी महतले इजलासमा उपस्थित हुने निवेदन दिँदै आफ्नो पति अल्जाइमर्स रोगबाट पीडित भएको र होस ठेगानमा नरहेको बताएपछि इजलासले स्वास्थ्य परीक्षणको रिपोर्ट बुझ्ने आदेश गरेको हो । 

अख्तियारले पूर्वमन्त्री महतविरूद्ध पोखरा विमानस्थल निर्माणमा परिमार्जित २१ करोड ५९ लाख अमेरिकी डलरअनुसार परियोजना कार्यान्वयन गर्ने स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गरेको भन्दै बदनीयतपूर्ण निर्णय गरेको अभियोगपत्र दायर गरेको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully