गाेल्छाका तर्फबाट श्रीमती सीमा गाेल्छाले दायर गरेकाे बन्दी प्रत्यक्षीकरण निवेदनमा दुई पक्षको सुनुवाइ हुन लागेकाे हाे ।
काठमाडौँ — उद्योगी शेखर गाेल्छाकाे मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनाेज शर्माकाे इजलासमा पेसी ताेकिएकाे छ।
उनको मुद्दाको बुधबार हेर्न नभ्याउनेमा परेर सुनुवाइ सरेको थियो ।
गाेल्छाका तर्फबाट श्रीमती सीमा गाेल्छाले दायर गरेकाे बन्दी प्रत्यक्षीकरण निवेदनमा दुई पक्षको सुनुवाइ हुन लागेकाे हाे । यसअघि न्यायाधीश सुनिलकुमार पाेखरेल र नित्यानन्द पाण्डेयकाे इजलासमा पेसी भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेकाे थियाे ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन काेइरालाले आज सुनुवाइ हुन लागेको बताए ।
यसअघि सर्वाेच्चले २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेकाे थियाे । सर्वाेच्चकाे आदेश अनुसार अदालत उपस्थित गराए पनि सुनुवाइ नभएपछि गोल्छालाई थुनामा पठाइएकाे छ ।
गोल्छालाई प्रहरीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको थियो ।
