रंगशालामा विस्थापितका सामान लथालिंग, नाम टिपाउन पुगेकाहरू गेटबाटै फर्काइँदै

विवरण संकलन रोकिए पनि बिहीबार कान्तिपुर टोली रंगशाला पुग्दा विस्थापितका सामान छरिएका थिए । त्यहाँ न उपत्यका विकास प्राधिकरणको डेस्क थियो, न त विस्थापितहरू नै ।

वैशाख १७, २०८३

दया दुदराज

Displaced people's belongings are scattered in the stadium, and those who came to register their names are being turned away from the gate.

काठमाडौँ — शनिबार थापाथलीस्थित घर भत्किँदा खम्बसिंह बुढाथोकी मजदुरीका सिलसिलामा नवलपरासीमा थिए । फर्केर आउँदा उनको घर पूर्णरूपमा ध्वस्त भइसकेको थियो । लत्ताकपडा र सरसामान सबै भग्नावशेषमा पुरिए । नवलपरासीबाट फर्किएकै रात बासको खोजीमा उनी दशरथ रंगशाला पुगे । त्यहाँ नाम टिपाएपछि उनलाई व्यवस्थापन टोलीसँगै कीर्तिपुर लगियो ।

आफ्नो छुटेको विवरण टिपाउन उनी बुधबार पुनः रंगशाला पुगे । 'शनिबार नागरिकता साथमा नहुँदा नाम टिपाउन पाइएन । आज जाँदा सोमबार आउनू भनेर फर्काइदिए,' खम्बसिंहले कान्तिपुरसँग भने । उनी मात्रै होइन, विवरण टिपाउन पुगेकी गैरीगाउँ बस्तीकी सीता मगर पनि रंगशालाको गेटबाटै रित्तो हात फर्किइन् । 'नागरिकता लिएर गएकी थिएँ तर भित्र छिर्नै दिएनन्, बाहिरबाटै फर्काइदिए,' सीताले गुनासो गरिन् ।

Displaced people's belongings are scattered in the stadium, and those who came to register their names are being turned away from the gate.

सुकुमवासी बस्तीमा डोजर चलाएर त्यहाँका बासिन्दालाई विस्थापित गरेपछि उपत्यका विकास प्राधिकरणले दशरथ रंगशालामा उनीहरूको विवरण संकलन (स्क्रिनिङ) गर्दै आएको थियो । सम्पर्कमा आएका परिवारलाई अस्थायी सेल्टरमा पठाउने काम भइरहे पनि प्राधिकरणले बुधबारदेखि उक्त प्रक्रिया रोकेको छ ।

विवरण संकलन रोकिए पनि बिहीबार कान्तिपुर टोली रंगशाला पुग्दा विस्थापितका सामान छरिएका थिए । त्यहाँ न उपत्यका विकास प्राधिकरणको डेस्क थियो, न त विस्थापितहरू नै ।

यसबारे जिज्ञासा राख्दा प्राधिकरणका प्रवक्ता प्रकीर्ण तुलाधरले बुधबारदेखि विवरण संकलन रोकिएको पुष्टि गरे । 'हामीले हिजोदेखि यो काम रोकेका हौँ, भोलिबाट फेरि सुरु गर्छौं,' उनले भने । तर, यसबारे विस्थापितहरू भने बेखबर छन् । नाम टिपाउन आएका कतिपयलाई गेटबाटै फर्काइएको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । 'हिजो पनि धेरै जना आउनुभएको थियो, भित्र सम्बन्धित निकायका कोही नभएपछि कसरी छिराउने ?' ती सुरक्षाकर्मीले भने, 'आज पनि आउनुभएको थियो, हामीले सम्झाएर फर्कायौँ ।'

Displaced people's belongings are scattered in the stadium, and those who came to register their names are being turned away from the gate.

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully