पाँचथरको फिदिममा बुधबार आयोजित कार्यक्रममा उनले सरकारका पछिल्ला क्रियाकलाप अलोकतान्त्रिक, हस्तक्षेपकारी र स्वेच्छाचारी भएको आरोप लगाएका हुन् ।
पाँचथर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सदन र सेनाको क्षेत्रधिकार दूरुपयोग गरेको आरोप लगाएका छन् ।
पाँचथरको फिदिममा बुधबार आयोजित कार्यक्रमा उनले सरकारका पछिल्ला क्रियाकलाप अलोकतान्त्रिक, हस्तक्षेपकारी र स्वेच्छाचारी भएको आरोप लगाएका हुन् ।
उनले सरकारले सेनालाई सुकुम्बासीको विवरण संकलनमा प्रयोग गरेको विषयलाई ‘दुरुपयोग’को संज्ञा दिएका हुन् । संविधानले तोकेको सीमाभन्दा बाहिर गएर सेनालाई प्रयोग गर्दा राज्यका अंगहरूबीचको सन्तुलन बिगार्ने चेतावनी दिए । उनले अध्यादेशमार्फत कानुन बनाएर देश सञ्चालन गर्न खोजेको टिप्पणी पनि गरेका छन् ।
संसद् बैठक सञ्चालन नगरी पटक–पटक स्थगित गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन् ।
