व्यवसायी शेखर गोल्छाको मुद्दा हेर्न नभ्याउने हुँदै सर्‍यो  

न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको हो ।

वैशाख १६, २०८३

दुर्गा दुलाल

Businessman Shekhar Golchha's case is becoming increasingly difficult to watch.

काठमाडौँ — सम्पत्ति शुद्वीकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी शेखर गोल्छाको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको छ। 

न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले आज तोकिएको सुनुवाइ हेर्न नभ्याउने भएकाले भोलिलाई पेसी तोकिएको छ। 

यसअघि सर्वोच्चले २४ घन्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेको थियो। सर्वोच्चको आदेशअनुसार अदालत उपस्थित गराए पनि सुनुवाइ नभएपछि थुनामा पठाइएको छ। जिल्ला अदालतले तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully