'लाली बजार' चलचित्र प्रदर्शन नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

वैशाख १५, २०८३

दुर्गा दुलाल

High Court issues short-term interim order to stop screening of 'Laali Bazaar' movie

काठमाडौं — 'लाली बजार' चलचित्र प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश ढुंङ्गानाको एकल इजलासले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । 

यम थापा निर्देशित फिल्म १८ बैशाखदेखि प्रदर्शन तयारीमा थियो । षट्कोण आर्टस्‌ले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ ।

लाली बजार चलचित्रको आज साँझ 'प्रिमियर सो' हुँदै थियो ।  

अदालतले यसअघि नै सम्प्रदायका मानिसहरूको मान-मर्यादा, इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति द्वेष वा वैमनस्या उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्नु नेपालको संविधान विपरीत हुने हुँदा संविधान र प्रचलित कानुनअनुसार भूमिका निर्वाह गर्न आदेश दिएको र लाली बजारको रिटमा पनि सोहीअनुसार गर्न अल्पकालिन आदेश दिएको हो । अदालतले आगामी २२ बैशाखसम्म चलचित्रको प्रदर्शनमाथि रोक लगाएको छ ।

अदालतले दिएको आदेशमा भनिएको छ, '...सम्प्रदायका मानिसहरूको मान-मर्यादा इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति घृणा द्वेष वा वैमनस्यता उत्पन्न गर्ने साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द-चित्रसहितका चलचित्रहरूको प्रदर्शन गर्ने कुरामा नियन्त्रण कायम गर्न नेपालको संविधान एवं प्रचलित कानुनद्वारा निर्देशित दायरामा रही प्रभावकारी रूपमा नियमनकारी भूमिका निर्वाह गर्नु भनी चलचित्र बोर्ड तथा चलचित्र जाँच समितिका नाउँमा निर्देशनात्मक आदेशसमेत जारी भएको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलन (ब्यालेन्स अफ कन्भिनेन्स) का आधारमा २२ बैशाखसम्म सार्वजनिक रुपमा 'लाली बजार' नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिनुहोला ।'High Court issues short-term interim order to stop screening of 'Laali Bazaar' movie

High Court issues short-term interim order to stop screening of 'Laali Bazaar' movie

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully