थापाथली सुकुमवासी बस्तीका ६० प्रतिशत संरचना भत्काइयो

नगर प्रहरी बल प्रमुख विष्णु जोशीका अनुसार अहिलेसम्म ६० प्रतिशत संरचना भत्काइएको छ। अहिलेसम्म शान्तिपूर्ण छ।

वैशाख १२, २०८३

दया दुदराज

60 percent of the structures in Thapathali squatter settlement demolished

काठमाडौँ — काठमाडौंको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएर बस्ती हटाएको छ। बस्ती खाली गर्न प्रशासनले माइकिङमार्फत ‘उर्दी’ जारी गरेपछि वर्षौंदेखि त्यहाँ आश्रय लिइरहेका बासिन्दाले शुक्रबारदेखि नै बासस्थान खाली गराउन थालेका थिए। 

पूर्व सूचना अनुसार नै बस्ती खाली गराउन शनिबार बिहानैदेखि बस्तीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसको केही घण्टापछि बस्तीमा डोजर चलाइयो। सडक विभागका दुई स्काभेटरसहित ५ उपकरणले बस्ती भित्र भत्काइरहेको छन्। बाहिर २ वटा लोडर स्ट्यान्डबाइ रहेका छन्।

60 percent of the structures in Thapathali squatter settlement demolishedनगर प्रहरी बल प्रमुख विष्णु जोशीका अनुसार अहिलेसम्म ६० प्रतिशत संरचना भत्काइएको छ। अहिलेसम्म शान्तिपूर्ण छ। 

सरकारले बस्ती खाली गराएर तत्कालका लागि लजमा राख्ने आश्वासन दिए पनि स्थानीय त्यसमा विश्वस्त छैनन् । 

त्यहाँबाट उठाइएका विकल्पविहीन सुकुमवासीलाई प्रशासनले विवरण संकलनका लागि दशरथ रंगशालामा राख्ने तयारी गरेको छ । जोशीका अनुसार रंगशालमा  एकजना आमा र बच्चामात्र गएका छन्। ‘अरु कोही छैन, उहाँ पनि गार्जिएन बोलाएर जाने भन्नुभएको छ,’ उनले भने।
60 percent of the structures in Thapathali squatter settlement demolished
60 percent of the structures in Thapathali squatter settlement demolished

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully