सरकारले सुकुमवासी बस्ती हटाउने भएपछि पीडितहरू नहटाउन दबाब दिन रास्वपा कार्यालय पुग्दै छन् ।
काठमाडौँ — वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सरकारले सुकुमवासी बस्ती हटाउने भएपछि पीडितहरू आफूहरुलाई नहटाउन दबाब दिनका लागि सत्तारुढ दल रास्वपा कार्यालय पुगेका छन् । बिहानैदेखि उनीहरुले सरकारको निर्णयको विरोध गर्दै थापाथलीमा प्रदर्शन गरेका थिए ।
चुनावी सभाका क्रममा रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए ।
डोजर आतंक बन्द गर्नुपर्ने भन्दै उनीहरुले आवासको हक सुनश्चित गर्न आग्रह गरेका छन् । उनीहरुलाई साथ दिन केही जेनजी अभियता र सरोकारवाला थापाथली पुगेका थिए ।
बिहीबार साँझ नै प्रहरीले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती खाली गराउनका लागि माइकिङ गरेको थियो ।
प्रहरीले सुकुमवासी संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परिश्रमीलाई नियन्त्रणमा लिइसकेको छ ।
