शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता क्षेत्रीले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट देशको आर्थिक वृद्धिका लागि सरकार क्रियाशील रहेको बताए ।
काठमाडौँ — परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आर्थिक कूटनीति सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता क्षेत्रीले वैदेशिक व्यापार, लगानी र पर्यटनका माध्यमबाट देशको आर्थिक वृद्धिका लागि सरकार क्रियाशील रहेको बताए ।
‘आर्थिक कूटनीति सरकारको एक प्रमुख प्राथमिकता हो । व्यापार प्रवर्द्धन, वैदेशिक लगानी, पर्यटन, आरोग्य पर्यटन जस्ता माध्यमबाट नेपालको आर्थिक वृद्धिका लागि आवश्यक कार्यहरू भई नै रहेका छन् । ०८२ चैत १३ को स्वीकृत शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर १० अनुसार कन्सुलर सेवा विभागको बिजनेस प्रोसेस रि–इन्जिनियरिङ बीपीआरका लागि विभागका निर्देशकको संयोजकत्वमा एक प्रक्रिया सुधार कार्यदल गठन भई उक्त कार्यदलले हाल काम गरिरहेको छ,’ उनले भने ।
कन्सुलर सेवालाई थप सरल, पारदर्शी र समयसापेक्ष बनाउन ‘कन्सुलर सेवा कार्यविधि, २०८१’ को मस्यौदा तयार भइरहेको उनले बताए ।