नेपालका लागि जापानी राजदूत माएदा तोरु र कानुनमन्त्री गौतमबीच भेट

बिहीबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भेटवार्ता भएको हो ।

वैशाख १०, २०८३

इकान्तिपुर डेस्क

Japanese Ambassador to Nepal Maeda Toru meets with Law Minister Gautam

काठमाडौं — नेपालका लागि जापानका राजदूत माएदा तोरु र कानुनमन्त्री सोविता गौतमबीच भेटघाट भएको छ । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भेटवार्ता भएको हो । 

भेटमा कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका विषय बदलिँदो विश्व राजनीतिका सन्दर्भमा नियमन गर्न उपयुक्त कानुन आवश्यक रहेको विषयलाई जोड दिँदै सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने विषयमा छलफल भएको थियो  ।

साथै, जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिनेलगायत विषयमा छलफलको मन्त्री गौतमको सचिवालयले जनाएको । 

इकान्तिपुर

Link copied successfully