किस्ताबन्दीमा भाडा तिर्न दिन भृकुटीमण्डपका व्यवसायीको माग

व्यवसायीहरूले एकमुष्ट ठूलो रकम तिर्न कठिन भएको जनाउँदै किस्ताबन्दी सुविधा समेत माग गरेर निवेदन परिषद्‍मा दिएका हुन् ।

वैशाख १०, २०८३

विवेक पोख्रेल

Bhrikutimandap businessmen demand to pay rent in installments

काठमाडौं — समाज कल्याण परिषद्ले भाडा नतिरेका भृकुटीमण्डप परिसरका स्टल तथा कार्यालयमा ताला लगाएपछि किस्ताबन्दीमा भाडा तिर्न पाउनुपर्ने व्यवसायीहरूले माग गरेका छन् ।

लामो समयदेखि बक्यौता भाडा नतिरेका कारण परिषद्ले ३० चैतमा २० वटा स्टल तथा कार्यालयमा ताला लगाएको थियो । त्यसपछि सम्बन्धित व्यवसायी तथा संस्थाहरूले किस्ताबन्दीमा भुक्तानी गर्न पाउने व्यवस्था मिलाइदिन भन्दै निवेदन दिएको परिषद्का व्यवस्थापन विभाग प्रमुख खगनाथ रेग्मीले जानकारी दिए । 

ताला लगाएपछि ५४ नम्बर स्टलले पुरै भाडा चुक्ता गरेको छ । अन्य ५ वटा संस्थाले भने आंशिक भाडा बुझाएका छन् । ‘केहीले रकम बुझाउन थालेका छन्, तर बुझाउनेको संख्या धेरै छैन,’ रेग्मीले भने,‘आंशिक भाडा बुझाउनेको हकमा सञ्चालन गर्न दिने कि पूरा तिरेपछि मात्र ताला खोल्ने विषयमा छलफल चलिरहेको छ ।’

उनका अनुसार व्यवसायीहरूले एकमुष्ट ठूलो रकम तिर्न कठिन भएको जनाउँदै किस्ताबन्दी सुविधा समेत माग गरेर निवेदन दिएका हुन् । परिषद्ले भने बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै आएको छ । यसअघि पनि पटक–पटक ताकेता गर्दा भाडा नउठेपछि बाध्य भएर ताला लगाइएको परिषद्को भनाइ छ । हाल परिषद्ले प्राप्त निवेदनबारे आन्तरिक छलफल गरेर किस्ताबन्दीको व्यवस्था गर्ने/नगर्ने विषयमा औपचारिक निर्णय दिएको छैन ।

Bhrikutimandap businessmen demand to pay rent in installments

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully