भाडा नतिर्ने भृकुटीमण्डप परिसरका २० स्टल र कार्यालयमा ताला [सूचीसहित]

परिषद्अन्तर्गत भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवन प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा नतिरेका व्यक्ति तथा संस्थाका कार्यालयमा सोमबार ताला लगाएको हो ।

चैत्र ३०, २०८२

विवेक पोख्रेल

20 stalls and offices in Bhrikutimandap complex locked for non-payment of rent [with list]

काठमाडौँ — भृकुटीमण्डप परिसरमा रहेका २० वटा स्टल र कार्यालयमा भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्‌ ताला लगाएको छ । परिषद्अन्तर्गत भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवन प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा नतिरेका व्यक्ति तथा संस्थाका कार्यालयमा सोमबार ताला लगाएको हो । 

परिषद्का व्यवस्थापन विभाग प्रमुख खगनाथ रेग्मीका अनुसार बक्यौता भाडा नबुझाएका २० व्यक्ति तथा संस्थाका संरचनामा ताला लगाइएको हो । उनले परिषद्को उद्देश्य कसैलाई हटाउने नभई बक्यौता असुल गर्ने मात्र रहेको स्पष्ट पारे । ‘हाम्रो उद्देश्य हटाउनु होइन, भाडा उठाउनु हो,’ रेग्मीले भने,‘पटकपटक ताकेता गर्दा पनि भाडा नउठेपछि ताला लगाउन बाध्य भएका हौं ।’ उनका अनुसार भाडा प्राप्त हुनासाथ ताला खोलिने छ ।

यी हुन् भाडा नतिर्ने भृकुटीमण्डपका स्टल तथा कार्यालय :20 stalls and offices in Bhrikutimandap complex locked for non-payment of rent [with list]

20 stalls and offices in Bhrikutimandap complex locked for non-payment of rent [with list]

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully