सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश नेतृत्वको सम्पत्ति जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यहरुले बुधबार शपथ लिएका छन् ।
काठमाडौँ — सरकारले गठन गरेको सर्वोच्च अदालतका पूर्वन्यायाधीश नेतृत्वको सम्पत्ति जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यहरुले शपथ लिएका छन् ।
बुधबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले अध्यक्ष राजेन्द्रकुमार भण्डारीले शपथ खुवाएकी हुन् भने सदस्यलाई उनले शपथ गराएका हुन् । आयोगलाई सरकारले एक वर्षको समय दिएको छ ।
एक वर्षभित्र आयोगले २०६२ देखि हालसम्मका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने छ । उक्त आयोगका सदस्यहरूमा पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली र उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) गणेश केसी र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्वअध्यक्ष प्रकाश लम्साल छन् ।
गत साताको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको थियो ।
सरकारले २०६२/६३ सालदेखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न सम्पत्ति, आँचबुझ छानबिन आयोग गठन गरेको थियो ।
