रवि लामिछानेको सांसद पद निलम्बनको मागसहित रिट, अध्ययन गर्दै सर्वोच्च

लामिछानेले संसद् बैठकमा भाग लिने कार्य गरिरहेकाले अन्तरिम आदेश जारी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ ।

वैशाख ८, २०८३

दुर्गा दुलाल

Supreme Court studying writ petition demanding suspension of Ravi Lamichhane's MP post

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुश बडालले निवदेन पेस गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट दर्ता गर्ने कि नगर्नेबारे अध्ययन भइरहेको छ । 

सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा विचाराधीन रहेका लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने र प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाउने दाबी रिटमा गरिएको छ । निलम्बन हुनुपर्ने लामिछानेले संसद् बैठकमा भाग लिने कार्य गरिरहेकाले अन्तरिम आदेश जारी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ ।

सर्वोच्च प्रशासनले उक्त रिट दर्ता हुने कानुनी आधार देखेमा दर्ता गर्नेछ भने नदेखेमा दरपीठ गर्नेछ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully