त्यस्तै, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई मनोनयन गरेको छ ।
काठमाडौँ — सरकारले धितोपत्र बोर्डको अध्यक्ष छान्नका लागि योजना आयोगका उपाध्यक्षको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ ।
आज बसेको मन्त्रीपरिषद् बैठकले रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा अर्थसचिव धनश्याम उपाध्याय र भुवन दाहाल सदस्य छन् ।
केही दिनअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए । त्यस्तै, सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई मनोनयन गरेको छ। सदस्यहरुमा नवराज सिम्खडा र रोशन शाक्य छन् ।
मन्त्रीपरिषद् बैठकले २१ फागुनमा भएको निर्वाचनका लागि ल्याएको अध्यादेशलाई विधेयकका रुपमा पेस गर्न स्वीकृती दिएको छ । नेपाल विशेष सेवा ऐन संशोधन गर्ने बनेको विधेयक, प्रतिनिधिसभा निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गर्न स्वीकृति दिने पनि सरकारले निर्णय गरेको छ ।
