नेपालगन्जमा आजदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता

टेनिस बलबाट खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । प्रतियोगितामा ३२ टोली सहभागी हुने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिए ।

वैशाख ४, २०८३

रुपा गहतराज

Night cricket tournament to start in Nepalgunj from today

नेपालगन्ज — नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

भेरी रकर्स स्पोर्ट्स क्लबको आयोजनामा नेपालगन्जको विशालनगरमा शुक्रबार साँझदेखि प्रतियोगिता सुरु भएको हो । टेनिस बलबाट खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । प्रतियोगितामा ३२ टोली सहभागी हुने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले गरेका हुन्  । सो अवसरमा मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । 

प्रदेश सांसद अम्बिका काफ्लेले नेपालगन्जमा क्रिकेट मैदानको आवश्यकता रहेको उल्लेख गर्दै मन्त्रालयले पहल गर्नुपर्ने बताइन् । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२० का वडा अध्यक्ष कौशलकुमार धोबीले आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रतियोगिता क्लबले आयोजना गरेको चौथो संस्करण हो । क्लबका सचिव साहिल अन्सारीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, लुम्बिनी खेलकुद परिषद् तथा अन्य व्यक्ति तथा संस्थाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully