काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वैशाख ३, २०८३

मातृका दाहाल

Corruption case against Tiwari, former development commissioner of Kathmandu Valley Development Authority

काठमाडौँ — काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध बिगोबमोजिम जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत तथा कैद सजाय मागदाबी गरेको छ । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि निजकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिबादी बनाएको छ । आरोपी तिवारी सरकारी सेवाबाट अवकाश पाई काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त बनेका थिए । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारी र उनकी पत्नीको पारिश्रमिक र अन्य आय तथा जग्गा बिक्री आयमार्फत १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ वैधानिक रूपमा कमाएको देखिएको छ । तर उनीहरूको बैंक खाता, घरजग्गा र अन्य सम्पत्ति जाँचबुझ गर्दा २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपैयाँबराबरको देखिएको पनि अख्तियारले जनाएको छ ।

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती तथा छोरीको नाममा समेत रहेको देखिएको पनि अख्तियारले जनाए

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully