न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले '३ बैशाख १२ बजेसम्म खड्कालाई थुनामा राख्नुको कारण ललितपुर जिल्ला अदालत र राजश्व अनुसन्धान विभागबाट पेश गरी सोही दिन पेसी तोक्न' समेत आदेश गरेको छ ।
काठमाडौं — सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश गरेको छ ।
न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले '३ बैशाख १२ बजेसम्म खड्कालाई थुनामा राख्नुको कारण ललितपुर जिल्ला अदालत र राजश्व अनुसन्धान विभागवाट पेश गरी सोही दिन पेसी तोक्न' समेत आदेश गरेको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ,' आदेशमा भनिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा खड्का १५ चैतमा पक्राउ परेका थिए । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री खड्कालाई २४ भदौको जेन-जी आन्दोलनको बेला उनको घरमा बरामद रकम बारे अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो ।
