पर्यटन मन्त्रालयले निगम सुधार्न सर्वसाधरणसँग माग्यो सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम सुधारका लागि सर्वसाधारणसँग सुझाव आह्वान गरेको छ ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Ministry of Tourism seeks suggestions from public to improve corporation

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधारका लागि सर्वसाधारणसँग सुझाव आह्वान गरेको छ ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगम सुधार्न गठन गरिएको अध्ययन समितिले निगमको संरचना, सेवा प्रवाह तथा कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन गरीरहेकाले सुधारका लागि आवश्यक सुझाव संकलन गर्न सूचनामार्फत सर्वसाधरणसँग सुझाव मागेका हुन् । 

'सोही प्रयोजनका लागि नागरिक तथा सेवाग्राहीबाट रचनात्मक सुझाव माग गरिएको हो' सूचनामा लेखिएको छ ।

मन्त्रालयले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्ना सुझाव पठाउन आग्रह गरेको छ । सुझावहरू मन्त्रालयको इमेल ठेगानामा [email protected] वा ह्वाट्सएप नम्बर ९८५१३१९२१२ मा पठाउन भनेको छ । 

निगम सुधार कार्यदलका सदस्य सचिव गोकर्णप्रसाद उपाध्यायले हस्ताक्षर गरेको उक्त सूचनामा प्राप्त सुझावका आधारमा निगम सुधारका लागि आवश्यक अध्ययन र सिफारिस तयार गरिने उल्लेख गरिएको छ ।

सूचना अनुसार यो पहलले नेपाल वायुसेवा निगमको सेवा गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा समग्र कार्यक्षमता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully