आईपीयू महासभामा सहभागी राष्ट्रिय सभाका अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

उनले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने संघीय संसद् सचिवालयले जनाएको छ ।

वैशाख १, २०८३

कान्तिपुर संवाददाता

National Assembly Speaker Dahal departs for Istanbul to participate in IPU General Assembly

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् । 

वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने संघीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका दौरान उनले विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ । 

अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरु सहभागी हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही अगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ । 

कान्तिपुर

Link copied successfully