२२ एमएमको 'स्टोन' निकालियो
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलको पत्थरीको शल्यक्रिया सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पत्थरीको शल्यक्रियापछि अहिले सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।
अस्पतालमा रहेकी एमाले केन्द्रीय सदस्य निरु पालले शल्यक्रियापछि अध्यक्ष ओलीलाई आईसीयूमा राखेर उपचार भइरहेको बताइन् ।
ओलीको सचिवालयका अनुसार २२ एमएमको 'स्टोन' निकालिएको छ । जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार भएको भन्दै भदौ १४ मा प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएपछि उनी शिक्षण अस्पतालमा बस्दै आएका थिए । चैत २६ मा रिहा भएपछि उनको पत्थरीको उपचार सुरू भएको थियो ।
