वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगनमा सोमबारसम्म सञ्चालन हुने उत्सवमा १५ वटा मूल वहस र १० वटा छोटा सत्रहरु सञ्चालन हुने आयोजक आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।
सुर्खेत — कर्णाली उत्सव ‘कुडा कर्नाली’ काको सातौं संस्करण आज (शनिबार) देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ ।
वीरेन्द्रनगरस्थित सिटी हलको प्रांगनमा सोमबारसम्म सञ्चालन हुने उत्सवमा १५ वटा मूल बहस र १० वटा छोटा सत्रहरु सञ्चालन हुने आयोजक आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।
शनिबार सात धुनबाट उत्सवको उद्घाटन हुनेछ भने नारी नेतृत्वबारे वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले मन्तव्य दिनेछिन् । त्यस्तै कर्णालीमा बैंकिङ लगानीबारे देवेन्द्ररमण खनाल र मोक्षभूमि कर्णालीबारे केशव दाहालले व्याख्या गर्नेछन् ।
पहिलो दिन ५ वटा मूल र २ वटा छोटा सत्रहरु सञ्चालन हुने उत्सवका संयोजक कमलराज लम्सालले बताए । उनका अनुसार पहिलो दिन ‘सुइना कर्णालीका’, ‘जेनजी–सडकदेखि सदनसम्म’, ‘शक्तिको सोपानः बाडफाँटदेखि विकाससम्म’ र ‘जुरुक्क कर्णाली’ सत्र सञ्चालन गरिनेछ ।
गत वर्षहरुमा फागुन पहिलो साता उत्सव सञ्चालन गरिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण ढिलोगरी कार्यक्रम हुन लागेको उनले जानकारी दिए । ‘कर्णालीको चुनौती, सम्भावना र अवसरलाई विचारका माध्यमबाट मन्थन गर्नेगरि कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘कर्णालीलाई विकासको मूलप्रवाहमा जोड्न पनि सहयोग पुग्ने हाम्रो अपेक्षा छ ।’
उनले विचार विमर्शमार्फत समाजिक विकृति र निरासालाई चिर्न तथा समतामूलक समाज निर्माण गर्न यस्ता उत्सवहरुको महत्व रहेको बताए । उनका अनुसार कार्यक्रममा झण्डै ८० जना विभिन्न क्षेत्रका विज्ञ, नीति निर्माता र नागरिक अगुवाहरुको सहभागिता रहनेछ ।
