प्रतिनिधिसभाको उपसभामुखमा २६ वर्षीया रुवी निर्वाचित 

श्रम संस्कृति पार्टीका सांसद रुवी कुमारीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मत विभाजन हुँदा २ सय २९ सांसदले मत दिएका थिए ।

चैत्र २७, २०८२

कान्तिपुर संवाददाता

Ruby, 26, elected Deputy Speaker of the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् । 

रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् ।

Ruby, 26, elected Deputy Speaker of the House of Representatives

२२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए । 

कान्तिपुर

Link copied successfully