कांग्रेस विवाद : देउवा पक्षको रिट कामु प्रधानन्यायाधीश मल्ल र पोखरेलको इजलासमा

शेरबहादुर देउवा पक्षले दर्ता गराएको दुईवटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्न लागिएको हो।

चैत्र २७, २०८२

दुर्गा दुलाल

Congress dispute: Deuba's writ petition before the bench of Acting Chief Justice Malla and Pokharel

What you should know

काठमाडौँ — नेपाली कांग्रेसको आधिकारिकता विवादसम्वन्धी रिटमा सुनवाइका लागि पेसी तोकिएको छ । कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ । मुद्दा  झ नम्बरमा पेसी रहेको छ । 

शेरबहादुर देउवा पक्षले दर्ता गराएको दुई वटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्न लागिएको हो। 

२०८२ माघ ४  गगन थापालाई पार्टीको आधिकारिकता दिने निर्णय विरुद्ध रिट दायर भएको थियो भने चैत २६ गते  पार्टीको आधिकारिकता सम्बन्धी विवाद नटुंगिदासम्म १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश  भएको  थियो । दुवै निवेदनलाई एक साथ राखेर अदालतले सुनुवाइ गर्न लागेको हो ।  

सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न  देउवा पक्षले माग गरेका छन् । उनीहरुले छुट्टै रिट निवेदन पेश गरेको नभई यसअघि पेश भएको विवादमा पुरक निवेदन दर्ता गरेका हुन् । 

यसअघिको रिटमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सभापति देउवाको असहमतिकाबीच विशेष महाधिवेशन गरेर  अस‌वैधानिक रुपमा नेतृत्व चयन  गरिएको दावी गर्दै  नयाँ कार्यसमितिलाई मान्यता दिन नहुने  र निर्वाचन आयोगको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । 

तर सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै छलफलमा मात्र बोलाएको थियो ।  माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो । त्यसपछि चैत १ गते तोकिएको पेसी हेर्न नभ्याइने हुदै स्थगित भयो भने चैत २२ गते अदालतकै तर्फबाट स्थगित गरिएको थियो । 

अदालतमा विचाराधिन मुद्दा सुनुवाइ नभएपछि देउवा पक्षले नियमित महाधिवेशनको गतिविधि रोक्न माग गर्दै पुरक निवेदन पेश गरेका थिए । सर्वोच्चमा आज सुनुवाइ भएर अन्तरिम आदेश जारी भएमा नियमित महाधिवेशनको काम प्रभावित हुनसक्छ । यदि, अन्तरिम जारी भएन भने महाधिवेशनको तयारीमा कुनै कानुनी बाधा आउने छैन ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully