पत्रकार महासंघमा सल्लाहकार विवाद टुंगियो, केन्द्रीय समिति बैठक हेटौंडामा

महासंघको यही चैत २३ गते बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष विपुल पोखरेल, अध्यक्षका प्रत्याशी रमेश विष्ट र पूर्वअध्यक्ष गोविन्द आचार्यलाई सल्लाहकारमा मनोनयन गरेपछि विवाद टुंगिएको हो।

चैत्र २६, २०८२

दया दुदराज

Advisor dispute in Nepali Journalists Federation resolved, central committee meeting in Hetauda

काठमाडौँ — नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ। महासंघको यही चैत २३ गते बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष विपुल पोखरेल, अध्यक्षका प्रत्याशी रमेश विष्ट र पूर्वअध्यक्ष गोविन्द आचार्यलाई सल्लाहकारमा मनोनयन गरेपछि विवाद टुंगिएको हो।

महासंघका तत्कालीन अध्यक्ष पोखरेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका रमेश विष्टले पनि राजीनामा दिएको शून्यतामा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेर महासंघको निर्वाचन सम्पन्न गरी पदभार हस्तान्तरण गरेकी तत्कालीन कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई महासंघले ´सम्मान` गर्ने निर्णय गरेसँगै विवाद टूंगिएको हो। 

सल्लाहकार विवाद टुंगिएपछि  मंगलबार महासचिव रामप्रसाद दाहालले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्। महासंघको बैठक चैत २८ र २९ गते मकवानपुरको हेटौंडामा बस्ने पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले बताए । 

यसअघि महासंघका अध्यक्ष निर्मला शर्माले बोलाएको वैठकबाट सल्लाहकारको टुंगो लागेको थिएन ।* महासंघको विधान अनुसार तीन जना मात्रै सल्लाहकार हुने प्रावधान छ तर तीनकुनेमा भएको वैठकमा केही पदाधिकारीहरुले चार जनालाई बनाउनु पर्ने माग राखेपछि बैठक स्थगित भएको थियो ।

भुलसुधार

  • यसअघि अन्यथा भएकोले सच्याइएको छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully