कामको लागि भिजिट भिसामा ओमान नआउनु : नेपाली दुतावास

कामको खोजीको लागि भिजिट भिसामा पुगेर अलपत्र पर्नेको संख्या बढ्न थालेपछि दुतावासले यस्तो अनुरोध गरेको हो ।

चैत्र २५, २०८२

होम कार्की

Not allowed to enter Oman on work visit visa: Nepali Embassy

काठमाडौँ — ओमानस्थित नेपाली दुतावासले कामको लागि ठूलो रकम तिरेर ओमानमा नआउन अनुरोध गरेको छ ।

कामको खोजीको लागि भिजिट भिसामा पुगेर अलपत्र पर्नेको संख्या बढ्न थालेपछि दुतावासले यस्तो अनुरोध गरेको हो । ‘भिजिट भिसामा आएको, ओभर स्टे भएर गैरकानुनी रुपमा बसेको अवस्थामा उद्धारमा निकै समस्या हुन्छ,’ दूतावासद्धारा बुधवार जारी सूचनामा भनिएको छ, ‘कामको लागि भनेर भिजिट भिसामा कोही पनि नआउन अनुरोध गरिन्छ ।’

ओमानले ३१ अक्टोवर २०२३ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान आइसकेपछि काम गर्न पाउने भिसामा परिवर्तन हुन नपाउने व्यवस्थालाई लागु गरिरहेको छ । तर, मानवतस्करहरूले ओमानलाई ट्रान्जिट बनाइ घरेलु श्रमिकको ओसारप्रसार भने गरिरहेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully