लेबनानमा युद्धविराम सहमति प्रस्तावमा उल्लेख छैन : नेतान्याहू

यसअघि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले ‘लेबनान र अन्यत्रसहित सबैतिर तत्काल युद्धविराम गर्न सहमत भएको’ घोषणा गरेका थिए ।

चैत्र २५, २०८२

अल जजिरा

Lebanon ceasefire not mentioned in agreement proposal: Netanyahu

काठमाडौँ — प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले इजरायलले इरानविरुद्धको आक्रमण दुई हप्ताको लागि स्थगित गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयलाई समर्थन गरेको घोषणा गरेको छ । तर यस युद्धविराम लेबनानविरुद्धको युद्धमा लागु नहुने जनाएको छ । 

बुधबार एक्समार्फत नेतान्याहूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिका, इजरायल, अरब देशहरु र विश्वलाई अब इरानले आणविक, क्षेप्यास्त्र र आतंकवादी खतरा नबनाउने विषय सुनिश्चित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई इजरायल समर्थन गर्दछ ।’

शुक्रबार पाकिस्तानको इस्लामावादमा हुने वार्तामा विषय लक्ष्यहरु प्राप्त गर्न प्रतिवद्ध रहेको जानकारी अमेरिकाले इजरायललाई दिएको विज्ञप्तिमा उल्लेख छ । 

तर दुई हप्ताको युद्धविराममा ‘लेबनान समावेश छैन’ विज्ञप्तिमा उल्लेख छ । 

यसअघि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका, इरान र उनीहरूका सहयोगीहरूले  ‘लेबनान र अन्यत्रसहित सबैतिर तत्काल युद्धविराम गर्न सहमत भएको’ घोषणा गरेका थिए । शरीफले यो कदम तत्कालै लागु हुने बताएका थिए ।

अल

Link copied successfully