लागुऔषध कारोबारीलाई समात्न प्रहरीले मध्यराति गोली चलायो, ४ पक्राउ

प्रहरीले गौशालामा मंगलबार मध्यराति गोली चलाएर चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

चैत्र २४, २०८२

गौरव पोखरेल

Police open fire at midnight to arrest drug dealer, 4 arrested

काठमाडौँ — प्रहरीले गौशालामा मंगलबार मध्यराति गोली चलाएर चार जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्, अरु पक्राउ परेका छन् ।

घाइते हुनेमा भारतीय नागरिक अनिलकुमार पासवान छन् । वीर अस्पतालको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । 

पक्राउ पर्ने अन्यमा रामबहादुर भुजेल, कृष्णकुमार शाह, मोहम्मद हसन रहेको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख एसएसपी कृष्ण कोइरालाले बताए ।

विशेष सूचनाका आधारमा नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए । उनीहरुका बारेमा विस्तृत विवरण संकलन गर्ने काम भइरहेको उनले बताए । सोमबार रुपन्देहीमा समेत दुई लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको थियो । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully