पुनर्निर्माण भइरहेको बीपी राजमार्गको मंगलबार निरीक्षण गर्दै मन्त्री गुरुङले सडक कुनै पनि समयमा अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका हुन् ।
काभ्रे — गृहमन्त्री सुधन गुरुङले मंगलबार बीपी राजमार्गको अनुगमन गरेका छ्न् । अनुगमनको क्रममा वर्षायाम सुरु हुनु अगाडि नै वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।
पुनर्निर्माण भइरहेको बीपी राजमार्गको मंगलबार निरीक्षण गर्दै मन्त्री गुरुङले सडक कुनै पनि समयमा अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका हुन् । सडक विभागका अधिकारीहरु र निर्माण व्यवसायीलाई उनले काम गर्दा पर्याप्त सुरक्षा अपनाउन पनि निर्देशन दिए । वर्षाका कारण विपद् पर्दा उद्धारमा समेत कठिनाई हुने गरेको भन्दै उनले तत्काल उपयुक्त स्थानमा हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिए । कामदारहरुको सुरक्षा महत्वपूर्ण रहेकोमा मन्त्री गुरुङले जोड दिए ।
२०८१ को बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग अहिले पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माण कार्यका कारण अहिले चौकीडाँडादेखि नेपालथोकसम्म रोशी खोलाबाटै सवारीसाधन सञ्चालन हुँदै आएको छ । जसका कारण सामान्य वर्षा हुँदा नै राजमार्ग अवरुद्ध हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार अहिले राजमार्ग पुनर्निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ ।
