योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

चैत्र २४, २०८२

जयसिंह महरा

Gunakar Bhatta appointed as Vice Chairman of Planning Commission and Kiran Pandit as Deputy Governor of Nepal Rastra Bank

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पण्डितलाई डेपुटी गभर्नर बनाउने निर्णय गरेको हो ।

यस्तै, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् । यसअघि अन्तरिम सरकार रहँदा प्रकाश कुमार श्रेष्ठ उपाध्यक्ष थिए ।

नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली अनुसार कार्यकारी निर्देशक भएको सात वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था अनुसार भट्टले अवकाश पाएका हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर वा उच्च निर्देशक तहका लागि १२ वर्ष र कार्यकारी निर्देशकका लागि ७ वर्षे सेवा अवधिमा अवकाश पाउने व्यवस्था छ ।

२०८२ वैशाखमा उनले गर्भनर बन्नका लागि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर  उनको राजीनामा स्वीकृत भएन । भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully