मन्त्रीहरूको वरीयतामा हेरफेर, गृहमन्त्री सुधन गुरुङ पाँचौँ नम्बरमा झरे

यसअघि मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई अहिले ८औं नम्बरमा ल्याइएको छ ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Changes in the ranking of ministers, Home Minister Sudhan Gurung drops to fifth place

काठमाडौँ — मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गरिएको छ । चैत १३ गते मन्त्री बनेकाहरूको वरीयता मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेका हुन् । प्रधानमन्त्री शाहपछि दोस्रो नम्बरमा अर्थमन्त्री स्वर्णिम वाग्ले नै रहेका छन् ।  

मुख्यगरी यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँ नम्बरमा पुर्‍याइएको छ । यसअघि चौथो नम्बरमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो नम्बरमा राखिएको छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई पनि चौथो वरीयतामा ल्याइएको छ । उनी यसअघि छैटौं नम्बरमा थिए । यसअघि पाँचौँ नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री सुनिल लम्साल छैटौंमा पुगेका छन् । 

Changes in the ranking of ministers, Home Minister Sudhan Gurung drops to fifth place

यसअघि मन्त्रिपरिषद्को वरीयतामा अन्तिममा रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई पनि अहिले ८औं नम्बरमा ल्याइएको छ । अहिले वरीयताको पुछारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन् । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ७औं नम्बर, –संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ९औं र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता १०औं नम्बरमा रहेका छन् । 

हेर्नुहोस् मन्त्रीहरूको नयाँ वरीयता

Changes in the ranking of ministers, Home Minister Sudhan Gurung drops to fifth place

हेर्नुहोस् मन्त्रीहरूको यसअघिको वरीयता

Changes in the ranking of ministers, Home Minister Sudhan Gurung drops to fifth place

कान्तिपुर

Link copied successfully