ओली र लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

चैत्र २२, २०८२

दुर्गा दुलाल

Permission to detain Oli and the writer for another five days

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । 

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि चैत १३ गते गठन भएको प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै उनीहरु अनुसन्धानका लागि पक्राउ परेका थिए । दुवै जनालाई चैत १४ गते पक्राउ गरिएको थियो ।

ओली र लेखककै बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ ।

Permission to detain Oli and the writer for another five days

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully