पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन म्याद  थप 

जिल्ला अदालत काठमाडौंले उनलाई थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Former Minister Deepak Khadka's remand extended by 7 days

काठमाडौं — सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेसका नेता एवं पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई थप ७ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला न्यायाधीश जगत पौडेलको इजलासले दोस्रोपटक म्याद थप गरिएको हो । जेन-जी आन्दोलनका क्रममा घरमा जलेको अवस्थामा नगद भेटिएपछि उनलाई अनुसन्धानको दायरमा ल्याएको थियो ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १५ चैतमा बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । 

कान्तिपुर

Link copied successfully