प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल

प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक मात्र प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Dol Prasad Aryal elected unopposed as Speaker of the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एक मात्र प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । सो प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, भौतिक, पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

उपसभापति अर्यालको मात्रै प्रस्ताव आएकाले निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरेका हुन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्याल काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो । त्यसअनुसार आइतबार प्रतिनिधिसभाबाट निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

कान्तिपुर

Link copied successfully