कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चको सुनुवाइ फेरि सर्‍यो

नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ सरेको छ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Congress officialdom dispute: Supreme Court hearing postponed again

काठमाडौँ — नेपाली कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ सरेको छ। सर्वोच्च अदालत आफैले स्थगितको सूचीमा पेसी प्रकाशन गरेपछि सुनुवाइ सरेको हो। 

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो। देउवाका तर्फबाट पूर्णबहादुर खड्काले रिट दायर गरेका थिए। 

उक्त रिटमा माघ ६ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले लिखित जवाफ माग गरेको थियो। यसअघि दोस्रो सुनुवाइका लागि चैत १ गते पेसि तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो।

कान्तिपुर

Link copied successfully