गुण्डागर्दीमा संलग्न भएको आरोपमा किमजोङ बोससहित १३ जना पक्राउ

राजधानीका विभिन्न स्थानबाट प्रहरीले किमजोङ बोससहित १३ जनालाई नियन्त्रणमा लिएको हो ।

चैत्र २१, २०८२

कान्तिपुर संवाददाता

13 people, including Kim Jong Boss, arrested on charges of involvement in hooliganism

काठमाडौँ — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिएको छ । 

राजधानीका विभिन्न स्थानबाट प्रहरीले किमजोङ बोससहित १३ जनालाई नियन्त्रणमा लिएको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार रातभर चलाइएको अप्रेसनमा किमजोङ बोससहित अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङसमेत १३ जनालाई पक्राउ गरेको हो ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

कान्तिपुर

Link copied successfully