सभामुखमा रास्वपा उपसभापति अर्यालको मात्रै उम्मेदवारी

सभामुखका लागि शुक्रबार बिहान ११ देखि अपराह्न २ बजेसम्म संघीय संसद् सचिवालयको काठघर नं. १ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Only RSVP Deputy Chairman Aryal is running for Speaker.

काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्रै उम्मेदवारी परेको छ ।

सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म संघीय संसद् सचिवालयको काठघर नं. १ मा उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो ।

अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहका छन् ।

एकजनाको मात्रै प्रस्ताव परेका कारण प्रस्तावक सदस्यहरूले २२ चैतमा बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्ने र समर्थन गर्ने सदस्यहरूले समर्थन गरिसकेपछि एक मात्रै प्रस्ताव पर्न आएकाले त्यसपछि निर्विरोध घोषणा गरिने संसद् सचिवालयका सहसचिव एकराम गिरीले बताए । 

अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

कान्तिपुर

Link copied successfully