न्याय परिषद्को बैठक बस्दै

जिल्ला र उच्च अदालतका न्यायाधीशहरूउपर परेका उजुरीहरूबारे छलफल हुने

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Judicial Council meeting underway

काठमाडौँ — शुक्रबार दिउँसो न्याय परिषद्को बैठक डाकिएको छ । जिल्ला र उच्च अदालतका न्यायाधीशहरूउपर परेका उजुरीहरूबारे छलफल गर्न परिषद्को बैठक डाकिएको हो ।

आजको बैठकमा पूर्वमन्त्री मोहम्मद आफताब आलमसहित चार जनालाई सफाइ दिने न्यायाधीशहरूमाथिको अध्ययन प्रतिवेदनबारे पनि छलफल हुने परिषद् स्रोतले जनाएको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित यसअघि न्याय परिषद्‌मा उजुरीसमेत परेको थियो ।

परिषद्को बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम पनि सहभागी हुँदैछिन् । प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय परिषद्को सदस्य कानुनमन्त्री हुने गर्छ । अहिले परिषद्को अध्यक्ष कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल रहेकी छिन् ।

त्यस्तै, अन्य सदस्यहरूमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश कुमार रेग्मी, महेशकुमार नेपाल, दामोदर खड्का छन् । परिषद्को बैठकमा सदस्य सचिवकाे रुपमा न्यायपरिषद्का सचिव* जितेन्द्रबाबु थपलिया रहने अभ्यास छ ।

*यसअघि उनको पद अन्यथा परेकोमा सच्याइएकाे छ ।

कान्तिपुर

Link copied successfully