उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
काठमाडौँ — प्रतिनिधि सभाका सभामुखका लागि आज मनोनयन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद तथा उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा पार्टी सभापति तथा सांसद रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय रास्वपाले यसअघि नै गरिरहेको थियो ।
मनोनयन दर्ताको समयावधि २ बजेसम्म तोकिएको छ । अर्यालले पहिलो दर्ता गरेका हुन् । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।