'आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो ।'
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु नपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले दलित समुदायप्रति सरकारले पहिलोपटक माफी मागेको बताए । 'यो सरकार शतब्दीयौंदेखिको विभेद, अन्याय, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ यो सदनबाट,' उनले भने, 'आजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो । जसको हातमा सीप थियो तिनलाई अछुत मान्यौं । अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्नेछैन । हामी ती समुदायप्रति माफी माग्न चाहन्छौं ।'
माफीको मूल्य अब न्यायले गर्ने पनि उनले बताए ।
