विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गरौं : सांसद पुन

विज्ञान तथा प्रविधि प्रवर्धनलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Let's free universities from politics: MP Pun

काठमाडौँ — स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएका छन् । हाल सञ्चालनमा रहेका १८ वटा विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा विज्ञान तथा प्रविधिको प्रवर्धनलाई प्राथमिकता दिएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।'विज्ञान र प्रविधिको विकासविना मुलुक आर्थिक रूपमा अघि बढ्न सक्दैन,' प्रतिनिधिसभाको आजको बैठकमा उनले भने ।

सांसद पुनले विद्यालय शिक्षामा देखिएका विभिन्न विकृतिलाई सुधार गर्न शिक्षा नियमावलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समितिमा राजनीतिक प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

कान्तिपुर

Link copied successfully