उच्च अदालतद्वारा नेता बस्नेतविरुद्धको रिट खारेज

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

High Court dismisses writ petition against leader Basnet

काठमाडौँ — उच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज हुने फैसला सुनाएकाे छ । बस्नेतविरुद्ध जबर्जस्ती करणीको आरोप अनुसन्धान नै नभएको दाबी गर्दै एक जना महिलाले रिट दायर गरेकी थिइन् । 

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले बस्नेतविरुद्ध परेको जबर्जस्ती करणीको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो ।    

ती महिलाले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन् । उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी उच्च अदालत गएकी थिइन् । उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध उनको आरोप खारेज भएको छ ।  

प्रहरीले काठमाडौं जिल्ला अदालतमा चैत १६ गते उनीविरुद्ध पक्राउ अनुमति माग गरेकोमा अनुमति दिएको थिएन । 

High Court dismisses writ petition against leader Basnet

कान्तिपुर

Link copied successfully